NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

बारम्बार सोधिने प्रश्नहरू

मातृ तथा नवजात शिशुहरुको स्वास्थ्य सुरक्षा र कल्याणका लागि सञ्चालन गरिने स्वास्थ्य कार्यक्रम हो । यसमा मुख्यत गर्भवती महिलाको स्वास्थ्य जाँच, सुरक्षित प्रसूति सुविधा, पोषण, खोप, नवजात शिशुको स्वास्थ्य परीक्षण र उपचार आदि समावेश हुन्छ ।

SNCU (Special Newborn Care Unit) भनेको विशेष रुपमा विरामी अपाङ्ग समयअगाडि जन्मिएका वा तौल कम भएका नवजात शिशुहरुलाई आवश्यक विशेष उपचार र गहन हेरचाह प्रदान गर्ने अस्पतालको एक विशेष कक्ष हो ।

यस केन्द्रले एकीकृतरुपमा महिला विरुद्धका हिंसालाई सम्वोधन गर्नेछ भने हिंसा पिडित महिलाका साथ आएका बालबालिका समेतलाई उपचार तथा उपचार अवधिभर आश्रयको व्यवस्था नि:शुल्क उपलब्ध गरिन्छ ।

सामाजिक सेवा इकाईको मुख्य उदेश्य लक्षित समुहका विरामीलाई अस्पतालमा उपलब्ध सेवाहरुको सेवा शुल्कमा आशिक वा पूर्ण छुट उपलब्ध गराउनु तथा लक्षितमैत्री सेवा प्रवाह गर्न आवश्यक सहजीकरण गर्नु रहेको छ ।

सेवाग्राहीहरुको ‍ओपिडि दर्ता विहान ७ : ०० वजे देखि वेलुका ३ : ०० वजे सम्म र आकस्मिक सेवा लिन आउने सेवाग्राहीको हकमा विरामी दर्ता २४ सै घण्टा गरिन्छ ।

यस अस्पातालमा नेपाल सरकारको नम्न स्वास्थ्य कार्यक्रमहरु सञ्चालनमा रहेकाे छन् । - स्वास्थ्य विमा कार्यक्रम - सामाजिक सेवा ईकाइ - एकद्धार स‌कट व्यवस्थापन केन्द्र - खोप कार्यक्रम - आमा सुरक्षा कार्यक्रम - परिवार नियोजन कार्यक्रम - नि शुल्क नवजात शिशु उपचार सेवा - नि शुल्क आधारभूत आकस्मिक सेवा - अन्य आधारभूत स्वास्थ्य सेवा - आधारभूत स्वास्थ्य सेवाको लागि आवश्यक नि शुल्क ‌‌‍औषधी तथा औषधीजन्य सामाग्रीहरुकाे वितरण

जिल्ला अस्पताल तेह्रथुममा २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला सेवा, एक्स रे सेवा, अन्तरङग सेवा, फार्मेसी सेवा, सामान्य तथा जटिल प्रसुती सेवा साथै नियमित कार्यलय समयमा वाहिरङग सेवा गर्भवती जाँच सेवा, परिवार नियोजन सेवा, दैनिक प्रशासनिक सेवा आदि सेवाहरु उपलव्ध रहेका छन् ।