वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५
तेह्रथुम जिल्लामा २०७६ चैत्र महिना देखि स्वास्थ्य विमा कार्यक्रम लागु गरि सदस्यता दर्ता २०७६ चैत्र ४ बाट सुरु गरिएको हो । जिल्ला अस्पताल तेह्रथुममा २०७७ असोज महिना बाट स्वास्थ्य विमा कार्यक्रम मार्फत विमित सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरिएको हो । आ.व. २०८१।०८२ को अन्त्य सम्म तेह्रथुम जिल्लाको ३१.९७% जनसंख्या स्वास्थ्य विमामा आवद्ध भएका छन् ।
स्वास्थ्य विमा प्रारम्भ भए पछि तेह्रथुमको म्याङलुङ न.पा. ,फेदाप गा.प., मेन्छायेम गा.प., साथै संखुवासभा जिल्लाको मादि न.पा., पाँचथर जिल्लाको कुम्मायक गा.प. क्षेत्रका सेवाग्राहीहरुले समेत यस अस्पतालबाट सेवा लिईरहेको छन् ।
यस अस्पतालमा हाल दैनिक सरदर २०० देखि २५० जना सम्म र मासिक ३ देखि ४ हजार जना सम्म सेवाग्राहीहरुको सेवा लिने गर्नु भएको छ । यो संख्या जिल्ला अस्पताल तेह्रथुमको श्रोत साधन तथा पूर्वाधारका दृष्टिकोणले पर्याप्त देखिन्छ । जिल्ला अस्पताल तेह्रथुमले सिमित श्रोत साधन तथा जनशक्तीका बावजुद पनि स्तरीय स्वास्थ्य सेवा प्रभाव गर्न प्रयासरत छ । नयाँ स्तरीय भवन निर्माणाधिन अवस्थामा रहेका कारण केहि समय व्यवस्थापनमा चुनौती रहे पनि यसले पूर्णता पाए पछि यो समस्या धेरै हद सम्म न्यूनिकरण भएर जाने विश्वास गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागिका लागि दर्ता प्रक्रिया
यस कार्यक्रम दर्ता गर्न स्थानीय वडाबाट छनौट भई आएका व्यक्तिहरु नै दर्ता सहयोगी रहनेछन् । दर्ता सहयोगीहरु घरदैलोमै गई दर्ता गराउने छन् । आफूले चाहेको वेला दर्ता सहयोगी घरदैलोमा उपलब्ध नभएका सम्पर्क नभएमा सम्पर्क गरी दर्ता हुन सकिन्छ । सदस्यता दर्तामा समयमा आफनो फोटो भएको परिचयपत्र नागरिकता सवारी अनुमतिपत्र वा अन्य परिचय खुल्ने प्रमाणपत्र दर्ता सहयोगीलाई देखाउनुपर्छ ।
नाबालिकाको हकमा भने निजको जन्म प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र वा अभिभावक वा संरक्षकको परिचय खुल्ने प्रमाणपत्र देखाउनु पर्ने हुन्छ । कार्यक्रममा सहभागी परिवारका सबै सदस्यले छुट्टाछुट्टै परिचयपत्र पाउँछन । प्रन्येक सदस्यले सेवा लिन जाँदा आफनो परिचयपत्र अनिवार्य लिएर जानुपर्छ ।