वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४
एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC)
यस केन्द्रले एकीकृत रुपमा महिला हिंसालाई सम्बोधन गर्नेछ भने हिंसा पीडित महिलाका साथ आएका बालबालिका समेतलाई उपचार तथा उपचार अवधिभर आश्रयको व्यवस्था निशुल्क उपलब्ध गरिन्छ । यद्यपि पुरुषहरु तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु पनि हिंसाबाट पिडित हुनुपरेका घटनाहरु सार्वजनिक भएकाले उनीहरुलाई समेत यस केन्द्रले स्वास्थ्य उपचार एवम् मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँछ ।
यस केन्द्रको मुख्य उदेश्य लैङ्गिक हिंसापीडित वा प्रभावितहरुलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु र आवश्यकता अनुसार प्रेषण एकै स्थानबाट पूर्ण रुपमा निशुल्क सहज र सरल तरिकाले २४ सै घण्टा उपलब्ध गराई लैङ्गिक हिंसामा नियन्त्रण गर्न योगदान पुर्याउनु रहेको छ ।
|
जिल्ला अस्पताल तेह्रथुम |
||
|
एकद्धार संकट व्यवस्थापन केन्द्र |
||
|
यस केन्द्रबाट सेवा उपलब्ध हुने लक्षित वर्गकहरु र उपलव्ध सेवा यस प्रकार रहेको छ |
||
|
लक्षित वर्ग |
उपलब्ध सुविधा |
आवश्यक कागजात |
|
सवै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति |
यस अस्पतालमा उपलब्ध सम्पूर्ण चिकित्सकीय सेवा तथा मनोसामाजिक कानुनी परामर्श सेवाको लागि समन्वय अस्पतालमा उपचाररत रहदा लैङ्गिक हिंसापीडितलाई खान बस्न र आवश्यक लता कपडा घर सम्म आवतजावत गर्ने यातायात खर्च साथै थप उपचार र अन्य आवश्यक सेवाका लागि प्रेषण गर्नु पर्ने भएमा सो वापतको यातायात उपचार खाना खर्च पिडितको सहयोगी एक जना सम्मको यातायात तथा खाना खर्च र प्रेषण गरिएको ठाँउ बाट पिडितको घर सम्म पुग्न यातायात खर्च पूर्ण रुपमा निशुल्क उपलब्ध केन्द्र बाट गरिने |
हिंसापीडितको मौखिक उजुरी, प्रहरी कार्यलयको पत्र, साथै सम्बन्धीत संघ संस्थावाट प्राप्त विवरण |
|
लैङ्गिक हिंसाको जोखिमयुक्ति स्थितिमा रहेका वेवारिसेव एवम शारीरिक तथा मानसिकरुपले अशक्तमहिला तथा बालबालिका |
||
|
लैङ्गिक हिंसाबाट प्रभावित भई मानसिक स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भएका कारणले घर वा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा जीवन बाध्य महिला तथा बालबालिका |
||
|
लैङ्गिक हिंसापीडित एकल महिला अपाङ्गता भएका महिला बालबालिका वा ज्येष्ठ नागरिक महिला, |
||
|
सशस्त्र द्धन्द्ध तथा प्राकृतिक विपद्का कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका एच.आई.भी. तथा एड्सबाट सङक्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित महिला तथ बालबालिका |
||
|
लैङ्गिक तथा यौनिक अल्पसंख्यक |
||
|
एकद्धार संकट व्यवस्थापन केन्द्रबाट उपलब्ध सेवा लिनका लागि |
सम्पर्क व्यक्ति: महेन्द्र कुमारी खड्का मो. न. (९८५२०१००१५) सम्योजक अस्पताल क्लिनिकल को अडिनेटर मो. न. (९७६७८१०१८८) अस्पताल प्रशासन (०२६४६०१८८) कार्यलय समयमा सम्पर्क गर्न सकिने कार्यलय प्रमुख मो. न. (९८५२०६०१८८) |
|