NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

परिचय

तेह्रथुम जिल्लामा सर्वप्रथम आधुनिक चिकित्सा सेवाको शुरुवात वि.स.२०१६ साल बाट प्राथमिक स्वास्थ्य केन्द्र, म्याङलुङमा स्थापना भएपश्चात शुरु भएको हो । २०१६ साल भन्दा अगाडि जिल्ला आयुर्वेद उपचार केन्द्र मार्फत स्वास्थ्य सेवा उपलव्ध रहेको साथै आधुनिक चिकित्सा सेवा District Soldier Board मार्फत सेवा प्रदान गरिने गरिएको थियो । २०३४ सालमा प्रथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको जिल्ला अस्पताल तेह्रथुमको रुपमा स्तरोन्त्ती गरिएको हो । तत्कालिन समयमा जिल्ला अस्पताल तेह्रथम, जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यलय मातहत सञ्चालनमा रहेको थियो । देश संघियतामा गएपश्चात जिल्ला अस्पताल तेह्रथुम केही समयका लागि म्याङलुङ नगरपालिका मार्फत सञ्चालनमा रहि २०७५ सालमा प्रादेशिक जिल्ला अस्पतालको रुपमा कोशी प्रदेश सरकार मातहतमा आएको हो ।
हाल यस जिल्ला अस्पताल तेह्रथुमबाट सामान्य तथा जटिल प्रसुति सेवा, हाडजोर्नी विषेशज्ञ सेवा मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मीहरु बाट उपचारात्मक, निदानात्मक र प्रर्वदनात्मक सेवाहरु प्रवाह भइरहेको छ । यस अस्पतालमा आधुनिक वातानुकुलित प्रयोगशाला सेवा, डिजिटल एक्स—रे सेवा, भिडियो एक्स—रे सेवा र शल्यक्रिया सेवा आदी उपलव्ध रहेको छ । यस अस्पतालको समयानुकुल स्तरोन्त्ती तथा आवश्यक आधुनिक उपकरण, दक्ष जनशक्त्ति पर्याप्त भौतिक संरचना आदिको अभावका कारण गुणस्तरीय, सर्वशुलभ सेवा प्रवाहमा समस्या भएको छ ।
यस अस्पतालको आज भन्दा ३४ वर्ष अगाडि वि.स. २०४८ सालमा गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M Survey) बाट निर्धारण गरिएको दरवन्दी अनुसारको जनशक्त्तिबाट हाल सम्म सेवा प्रवाह गर्नु परेको अवस्था छ । २०४८ साल पश्चात कुनै पनि दरवन्दी थप नगरिएको हुनाले ३४ वर्ष पुरानो दरवन्दी अनुसारका कर्मचारीहरु बाटमात्र न्यूनतम आधुनिक गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव रहेको छ । हाल दुई गुणाले जनसंख्या वृद्धि भएको साथै सेवाग्राहीहरुको संख्यामा व्यापक वृद्धि भई विभिन्न नयाँ नयाँ उपचार विधिहरुको विकास भई सो सेवाहरु समेत प्रवाह गर्नु पर्ने अवस्थामा कुनै पनि नयाँ दरवन्दी थप नगरिएकोले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न जनशक्तिको व्यापक अभाव देखिन्छ ।