NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

समितिको काम, कर्तव्य र अधिकार

अस्पताल व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार

प्रदेश नं. १ जनस्वास्थ्य ऐन, २०७७ को दफा ३१ को उपदफा ३ अनुसार अस्पताल व्यवस्थापन समितिको अधिकार निम्नानुसार रहेको छ ः

क) अस्पतालको व्यवस्थापन र सञ्चालन गर्ने,

ख) अस्पताल व्यवस्थापन र सञ्चालनका लागि आवश्यक साधन र श्रोत जुटाउने,

ग) अस्पतालको वार्षिक योजना तथा कार्यक्रम तयार गरी मन्त्रालय समक्ष पेश गर्ने,

घ) अस्पताल व्यवस्थापनका लागि तत्कालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने गराउने,

ङ) अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने,

च) अस्पतालको सेवा शुल्क निर्धारण गर्ने,

छ) अस्पतालको भौतिक सम्पत्तीको संरक्षण गर्ने गराउने,

ज) अस्पतालको वार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने,

झ) मन्त्रालयले तोकेका अन्य कार्य गर्ने गराउने ।