NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

हाम्रो मिशन

ध्येय

उपलब्ध साधन श्रोतको अधिकतम एवं प्रभावकारी प्रयोग गरि सहकार्य र साझेदारी मार्फत जल्लावासीको स्वास्थ्य सम्वन्धि मौलिक अधिकार सुनिश्चित गर्ने ।

भावी सोच

तेह्रथुम जिल्लाकोे समग्र स्वास्थ्य स्थितिमा सुधार गरि स्वस्थ्य, सुखि, सजग र सचेत समाज निर्माण गर्ने । 

लक्ष्य

जिल्ला अस्पताल तेह्रथुमलाई जिल्लाकै नमुना अस्पतालको रुपमा बिकास एवं बिस्तार गर्ने ।

नीतिहरु

नेपाल सरकारबाट तोकिए बमोजिम निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गर्ने । सवै नागरिकहरुलाई आधारभुत आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्ने । अस्पतालबाट प्रदान गरिने सेवाको गुणस्तर कायम गरि सुधार गर्दै जाने । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गरि थप ब्यवस्थित गर्दै जाने । स्वास्थ्य बिमा कार्यक्रम मार्फत बिशेषज्ञ सेवाको सरल, सुलभ पहुच सुनिश्चित गरि थप बिशेषज्ञ सेवा बिस्तार गर्दै जाने ।

उद्धेश्य

गुणस्तरिय स्वास्थ्य सेवाको पहुच र उपयोगमा सुधार ल्याउने । अस्पतालका सेवाहरुलाई समयानुकुल आधुनिकीकरण गरि थप सेवाहरु बिस्तार गर्दै जाने । तेह्रथुम जिल्लाभित्रका निजि तथा सामुदायिक अस्पतालहरु साथै सरकारी गैरसरकारी तथा निजि क्षेत्रसंग बहुक्षेत्रीय साझेदारी गरि तेह्रथुम जिल्लालाई पहाडीक्षेत्रको मेडिकल हवको रुपमा बिकास गर्न अग्रसरता लिने ।