एकद्धार संकट व्यवस्थापन केन्द्र

एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC)

यस केन्द्रले एकीकृत रुपमा महिला हिंसालाई सम्बोधन गर्नेछ भने हिंसा पीडित महिलाका साथ आएका बालबालिका समेतलाई उपचार तथा उपचार अवधिभर आश्रयको व्यवस्था निशुल्क उपलब्ध गरिन्छ । यद्यपि पुरुषहरु तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु पनि हिंसाबाट पिडित हुनुपरेका घटनाहरु सार्वजनिक भएकाले उनीहरुलाई समेत यस केन्द्रले स्वास्थ्य उपचार एवम् मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँछ ।

यस केन्द्रको मुख्य उदेश्य लैङ्गिक हिंसापीडित वा प्रभावितहरुलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु र आवश्यकता अनुसार प्रेषण एकै स्थानबाट पूर्ण रुपमा निशुल्क सहज र सरल तरिकाले २४ सै घण्टा उपलब्ध गराई लैङ्गिक हिंसामा नियन्त्रण गर्न योगदान पुर्याउनु रहेको छ ।

जिल्ला अस्पताल तेह्रथुम

एकद्धार संकट व्यवस्थापन केन्द्र

यस केन्द्रबाट सेवा उपलब्ध हुने लक्षित वर्गकहरु र उपलव्ध सेवा यस प्रकार रहेको छ

लक्षित वर्ग

उपलब्ध सुविधा

आवश्यक कागजात

सवै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति

यस अस्पतालमा उपलब्ध सम्पूर्ण चिकित्सकीय सेवा तथा मनोसामाजिक कानुनी परामर्श सेवाको लागि समन्वय अस्पतालमा उपचाररत रहदा लैङ्गिक हिंसापीडितलाई खान बस्न र आवश्यक लता कपडा घर सम्म आवतजावत गर्ने यातायात खर्च साथै थप उपचार र अन्य आवश्यक सेवाका लागि प्रेषण गर्नु पर्ने भएमा सो वापतको यातायात उपचार खाना खर्च पिडितको सहयोगी एक जना सम्मको यातायात तथा खाना खर्च र प्रेषण गरिएको ठाँउ बाट पिडितको घर सम्म पुग्न यातायात खर्च पूर्ण रुपमा निशुल्क उपलब्ध केन्द्र बाट गरिने

हिंसापीडितको मौखिक उजुरी, प्रहरी कार्यलयको पत्र, साथै सम्बन्धीत संघ संस्थावाट प्राप्त विवरण

लैङ्गिक हिंसाको जोखिमयुक्ति स्थितिमा रहेका वेवारिसेव एवम शारीरिक तथा मानसिकरुपले अशक्तमहिला तथा बालबालिका

लैङ्गिक हिंसाबाट प्रभावित भई मानसिक स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भएका कारणले घर वा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा जीवन बाध्य महिला तथा बालबालिका

लैङ्गिक हिंसापीडित एकल महिला अपाङ्गता भएका महिला बालबालिका वा ज्येष्ठ नागरिक महिला,

सशस्त्र द्धन्द्ध तथा प्राकृतिक विपद्का कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका एच.आई.भी. तथा एड्सबाट सङक्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित महिला तथ बालबालिका

लैङ्गिक तथा यौनिक अल्पसंख्यक

एकद्धार संकट व्यवस्थापन केन्द्रबाट उपलब्ध सेवा लिनका लागि

सम्पर्क व्यक्ति: महेन्द्र कुमारी खड्का मो. . (९८५२०१००१५) सम्योजक अस्पताल क्लिनिकल को अडिनेटर मो.. (९७६७८१०१८८) अस्पताल प्रशासन (०२६४६०१८८) कार्यलय समयमा सम्पर्क गर्न सकिने कार्यलय प्रमुख मो.. (९८५२०६०१८८)