आकस्मिक सेवा

यस अस्पतालको आकस्मिक कक्ष १२ शैयाको क्षमता सहित २४ सै घण्टा दक्ष स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृत र अन कलमा आवश्यकता अनुसार उपलब्ध विशेषज्ञ चिकित्सक सहितको सेवा उपलब्ध छ । आकस्मिक सेवा लिन आउने सेवाग्राहीहरुलाई आधुनिक प्रविधिहरुको उचित प्रयोग गरि सर्वशुलभ सेवा प्रदान गरिन्छ । यस शाखाको बारेमा आवश्यक जानकारी लिनलाई मोबाइल नम्बर ९७६७८१०१७७ मा सम्पर्क गर्न सकिनेछ ।