NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

कानूनी प्रावधान

कानुनी प्रावधान (Legal Provision)

प्रदेश नं. १ जनस्वास्थ्य ऐन, २०७७ को दफा ३१ (१) अनुसार सरकारी अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न देहाय बमोजिमको एक अस्पताल व्यवस्थापन समितिको गठन हुनेछ :

अध्यक्ष : सन्वन्धित जिल्ला समन्वय समितिको प्रमुख

सदस्य : सम्वन्धित स्थानीय तहको प्रमुख

सदस्य : प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका स्तरको प्रतिनिधि

सदस्य : जिल्ला प्रहरी प्रमुख वा निजले तोकेको अधिकृत प्रतिनिधि

सदस्य : स्वास्थ्य कार्यालयको सम्वन्धित जिल्लाको प्रमुख

सदस्य : उद्योग वाणिज्य संघको जिल्ला प्रमुख

सदस्य : जिल्ला रेडक्रस सोसाइटीको प्रमुख

सदस्य : स्थानीय समाजसेवी मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा २ महिला सहित ५ जना

सदस्य सचिव : सम्वन्धित अस्पतालको प्रमुख


अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक श्रोतको व्यवस्थापन

प्रदेश नं. १ जनस्वास्थ्य ऐन, २०७७ को दफा ३१ को उपदफा ५ अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि अस्पताल विकास समितिको कोषमा देहाय बमोजिमको रकम रहने छ :

क) प्रदेश सरकारबाट प्राप्त हुने रकम,

ख) नेपाल सरकार र स्थानीय तहबाट प्राप्त हुने रकम,

ग) अस्पतालले प्रदान गरेको सेवा वापत प्राप्त हुने रकम,

घ) स्वदेशी व्यक्ति, संघ संस्थाबाट प्राप्त हुने रकम,

ङ) नेपाल सरकारको स्वीकृति लिई विदेशी व्यक्ति, सरकार, अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त हुने रकम,

च) अन्य श्रोतबाट प्राप्त हुने रकम ।