मातृ तथा नवशिशु क्लिनिक

सेवाको किसिम

हिमाली जिल्लाहरु

पहाडी जिल्लाहरु

तराई जिल्लाहरु

प्रशुति सेवा लिए वापत यातायात खर्च

रु ३००० र न्यानो झोला

रु २००० र न्यानो झोला

रु १००० र न्यानो झोला

नियमित प्रोटोकल अनुसार स्वास्थ्य संस्थामा गई गर्भवती जाचँ गराए वापत

रु ८००

रु ८००

रु ८००

नवजात शिशु निशुल्क उपचार कार्यक्रम

नवशिशु जन्मे देखि २८ दिन सम्मका हरुलाई अस्पतालमा उपलब्ध सम्पूर्ण जाचँ तथा उपचार सेवा पूर्ण रुपमा निशुल्क उपलब्ध गराइन्छ ।

निशुल्क सुरक्षित गर्भपतन सेवा

१२ हप्ता सम्मका गर्भपतन सेवा (औषधीद्धारा गरिने र उपकरणद्धारा गरिने ]) पूर्ण रुपमा निशुल्क उपलब्ध गराइन्छ ।

यसरी सेवा लिदा कुनै जटिलता आएमा सोको समेत निशुल्क व्यवस्थापन गरिने छ । यदि जटिलता उपचारत संस्थामा व्यवस्थापन नभए प्रेषणको लागि आवश्यक एम्बुलेन्स खर्च समेत उपलब्ध गराउने व्यवस्था गरिन्छ ।