वाहिरंग सेवा

सिमित जनशक्तीबाट सेवा प्रारम्भ भएको यस अस्पतालमा क्रमिक रुपमा विषेशज्ञ सेवा विस्तार हुदै आएको छ । सोहि क्रममा हाल हाडजोर्नी तथा नशा रोग, फेमीली फिजिसीयन, दन्तरोग, जनरल फिर्जीसियन, गर्भवती परिक्षण, परिवार नियोजन र पोषण सेवा, ड्रेसिङ र माइनर ओटी, विषेशज्ञ चिकित्सकहरुबाट विषेशज्ञ ओ.पि.डि. र मेडिकल अधिकृतहरुबाट जेनेरल ओ.पि.डि. सेवा उपलब्ध हुदै आएको छ । आगामी दिनमा थप विषेशज्ञ सेवालाई विस्तार गर्ने लक्ष्य रहेको छ । हाल अस्पचालमा सार्वजनिक विदाको दिन बाहेक वाहिरंग सेवा लिने सेवाग्राीहरुको .पि.डि. टिकट दर्ता काउन्टर शाखाबाट विहान ७:०० वजे देखि ३:०० वजे सम्म गरिन्छ । वाहिरंग सेवा विहान ९:०० वजे देखि १:०० वजे सम्म र दिउसो २:०० वजे देखि ५:०० वजे सम्म गरि २ सिफ्टमा सेवा उपलब्ध रहेको छ ।

हाल यस अस्पतालमा उपलब्ध वाहिरंग सेवाको विवरण यस प्रकार रहेका छन :

क्र.स. सेवा सेवाप्रदायक सेवा पाइने दिन कैफियत
हाडजोर्नी तथा नशारोग ओ.पि.डि. सम्वन्धित विषेशज्ञ चिकित्सक आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।
एम.डि.जि.पि ओ.पि.डि. सम्वन्धित विषेशज्ञ चिकित्सक आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।
जेनेरल ओ.पि.डि. मेडिकल अधिकृत आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।
डेन्टल ओ.पि.डि. डेन्टल सर्जन आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।
सेवा र अन्य सेवा (VIA Screening, Brest cancer screening, Pelvic Organ Prolapse, Ring pessary) दक्ष स्वास्थ्यकर्मी र चिकित्सक आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।
ड्रेसिङ र माइनर ओटी दक्ष स्वास्थ्यकर्मी र चिकित्सक आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।सार्वजनिक विदाको दिन यो सेवा आकस्मिक कक्षबाट उपलब्ध हुनेछ ।
Leprosy Clinic दक्ष स्वास्थ्यकर्मी र चिकित्सक आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।
FBIMNCI सेवा र बालरोग ओ.पि.डि. दक्ष स्वास्थ्यकर्मी र चिकित्सक आइत, सोम, मंगल, बुध, विहि, शुक्र सार्वजनिक विदाको दिन बन्द हुनेछ ।