सामाजिक सेवा एकाई

यस अस्पतालबाट सञ्चालित सामाजिक सेवा इकाइ कार्यक्रमबाट तल तोकिए वमोजिमका लक्षित समूहका सेवाग्राहीहरुले यस अस्पतालमा उपलब्ध परार्मश, परिक्षण र औषधी सहित गरि वाहिरङग र आकस्मिक विभागबाट सेवा लिन परेमा रु २५०० । सम्मको र अन्तरङग विभागबाट सेवा लिन परेमा रु ५००० । सम्मको आंशिक वा पूर्ण छुट उपलब्ध गराइन्छ । यो सेवा अस्पतालबाट २४ सै घण्टा उपलब्ध हुन्छ ।

यो कार्यक्रमबाट सेवा लिन तल तालिकामा उल्लेख गरिए वमोजिम कागजातहरु लिई आउनु पर्ने छ ।

जिल्ला अस्पताल तेह्रथुम

सामाजिक सेवा इकाइ

यस इकाइबाट सेवा पाउने लक्षित वर्गहरु र पूर्ण वा आंशिक छुट साथै यो सेवा लिनका लागि आवश्यक कागजातको विवरण :

लक्षित वर्ग

उपलब्ध छुट

सेवा लिन आवश्यक कागजात

उपलब्ध सुविधा

गरिव।अति गरिब

५० प्रतिशत।पूर्ण नि:शुल्क

सेवा प्रदायकबाट निर्धारण वा सम्बन्धित संघ संस्थाहरुको सिफारिस पत्र

अस्पतालमा उपलब्ध परार्मश, परिक्षण र औषधीहरु सहित गरि वाहिरंग र आकस्मिक सेवाको हकमा रु २५००। सम्म अन्तरंग सेवाको हकमा रु ५००० । सम्म आंशिक वा पूर्ण छुट ।

असाहय

पूर्ण नि:शुल्क

सम्बन्धित निकायबाट जारी परिचय पत्र

अपाङ्गता भएका व्यक्ती

क वर्ग

पूर्ण नि:शुल्क

सम्बन्धित निकायबाट जारी परिचय पत्र

ख वर्ग

५० प्रतिशत

ज्येष्ठ नागरिक

६० -६९ वर्ष

५० प्रतिशत

नगरिकताको वा उमेर खुल्ने अन्य कागजात परिचय पत्रको प्रतिलिपि

६९ -७९ वर्ष

७५ प्रतिशत

८० वर्ष माथिका

पूर्ण नि:शुल्क

लैङ्गिक हिंसाबाट प्रभावित

पूर्ण नि:शुल्क

सेवा प्रदायकबाट निर्धारण वा सम्बन्धित संघ संस्थाहरुको सिफारिस पत्र

गरिब तथा विपन्न आकस्मिक विरामी

पूर्ण नि:शुल्क

सेवा प्रदायकबाट निर्धारण वा सम्बन्धित संघ संस्थाहरुको सिफारिस पत्र

विपत एवम प्राकृतिक प्रकोपबाट पिडित

पूर्ण नि:शुल्क

सेवा प्रदायकबाट निर्धारण वा सम्बन्धित संघ संस्थाहरुको सिफारिस पत्र

सिमान्तकृत तथा लोपोन्मुख आदिबासी जनजाती

पूर्ण नि:शुल्क

सेवा प्रदायकबाट निर्धारण वा सम्बन्धित संघ संस्थाहरुको सिफारिस पत्र

महिला स्वास्थ्य स्वयंमसेवीका

५० प्रतिशत

परिचय पत्रको प्रतिलिपि

कुपोषित बालबालिका

पूर्ण नि:शुल्क

सेवा प्रदायकबाट निर्धारण वा सम्बन्धित संघ संस्थाहरुको सिफारिस पत्र

प्रहरीले ल्याएका थुनुवा तथा कैदी विरामी

पूर्ण नि:शुल्क

प्रहरी कार्यालयको पत्र

शहिद परिबार

पूर्ण नि:शुल्क

सम्वन्धित निकायबाट निर्धारण गरिए वमोजिम